arrow

गाईको दूध पिउँदा आध्यात्मिक स्वास्थ्य प्रभाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
cow-milk1.jpg

काठमाडौं। ससाना बालबालिकादेखि वृद्ध वृद्धासम्म सबैले गाईको दूध स्वास्थ्य वर्द्धक र पोषणयुक्त मानेर उपभोग गर्छन्। मानवले हजारौँ वर्षअघि पशुपालन सुरु गरेदेखि नै गाईको दूध खाँदै आएको छ। स्वास्थ्यको दृष्टिकोणमा भैसीको दूधको तुलनामा गाईको दूध पोसिलो हुने गर्दछ । 

गाईको दूध प्रोटिन र क्याल्श्यिमको मुख्य स्रोत हो साथै यसमा भिटामिन ब-१२ र आयोडिन प्रशस्त मात्रामा हुन्छ । यसमा म्याग्नेसियम पनि हुन्छ जसले हड्डीको विकास र मांसपेशीको काम गर्नमा मद्दत गर्छ ।  यहाँ हामीले गाईको दूधको आध्यात्मिक प्रभाव र फाइदा बारे पनि राखेका छौ । जुन स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ) ले गरेको हो । यो लेखमा हामी सूक्ष्म-ज्ञानमा आधारित चित्रको माध्यमबाट स्वदेशी गाईको दूधद्वारा आकर्षित र प्रक्षेपित सूक्ष्म स्तरीय स्पन्दनहरूका वर्णन गरेका छौं । यो प्रयोग योया वाले गरेकी हुन् । उनी उन्नत छैटौँ इन्द्रिय प्राप्त भएकी साधिका हुन । 

सूक्ष्म-ज्ञानमा आधारित यो चित्र प्रगत छैटौँ इन्द्रियद्वारा जाँच गर्दा यसको सत्यता ८०% पाइएको थियो । आध्यात्मिक अनुसन्धानबाट प्राप्त गाईको दूधको केही प्रमुख विशेषताहरू तल दिइएका छन् ।

देशी गाईको दूध पिउँदा आध्यात्मिक स्वास्थ्य प्रभावहरु

स्वदेशी गाईको दूध सर्वोत्तम सात्त्विक पेयमा पर्दछ । स्वदेशी गाईको दूधको तुलनामा अन्य देशका गाईको दूधको सात्त्विकता ५०% कम हुन्छ । यस दूधमा चैतन्य आकर्षित गर्ने क्षमता हुन्छ र साथै दिव्य सूक्ष्म ऊर्जा (शक्ति) प्रक्षेपित गर्ने क्षमता हुन्छ । फलस्वरूप जब हामी स्वदेशी गाईको दूध पिउँछौँ तब शरीरको कोशिकाहरू दूधमा विद्यमान सात्त्विकताले चार्ज हुन्छ ।

संस्कृतमा एउटा आध्यात्मिक उखान छ जसमा यो लेखिएको छ कि हाम्रो विचार हामीले खाने खानाबाट उत्पन्न हुन्छ । त्यसैले जब हामी सात्त्विक खाना खान्छौँ, पुरै शरीर शुद्ध हुन्छ । 

यसले हाम्रो विचारमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । फलस्वरूप सात्त्विक विचारले व्यक्तिलाई केवल महान् कामहरू गर्न प्रेरित गर्दछ । अन्य कुनै पनि पशुको दूधको तुलनामा स्वदेशी गाईको दूध अधिक सात्त्विक हुन्छ ।

इमेल : hjsnepal@gmail.com
वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ