arrow

कास्कीमा स्कूल र सपिङ खुल्ने, डान्स बार र दोहोरी साँझ नखुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
cdo office kaski hamrakura.jpg

पोखरा । कास्कीमा स्कूल र कास्कीमा फागुन १ गतेबाट शैक्षिक संस्थाहरु भौतिकरुपमै सञ्चालन हुने भएका छन् । कास्की प्रशासनले आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालन गर्दै शैक्षिक संस्थाहरु संचालन गर्न पाइने उल्लेख गरेको हो ।

साथै सपिङ मल र सुपर मार्केटहरु पनि संचालन गर्न सकिने भएको भएको छ ।

यसैगरी विवाह, व्रतवन्ध लगाउत धार्मिक कार्यक्रमहरु बढीमा ५० जना सहभागी गराएर सञ्चालन गर्न पाइनेछ ।

तर सिनेमा हल, डान्स बार, दोहोरी साँझ, जिमखान, फुटसल ब्युटीपार्लर लगायतका बढी भिडभाड हुने क्षेत्रहरु भने अर्काे आदेश नहुन्जेलका संचालन गर्न नपाइने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्धारा जारी आदेशमा उल्लेख छ ।

साथै भेला, जुलुश र सभा एवं धेरै मानिस जम्मा हुने कार्यक्रम गर्न नपाइने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ