arrow

रोहितको कप्तानीमा भारतले रच्यो इतिहास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
cricket-india-2022-odi-rohit.jpg

काठमाडौं । रोहित शर्माको कप्तानीमा भारतले इतिहास रचेको छ । भारतले ३९ सालपछि पहिलो पटक वेष्ट इन्डिजविरुद्ध एक दिवसीय क्रिकेटमा क्लिन स्विप गरेको छ । भारतले तीन खेलको श्रृंखला ३–० ले जितेको हो । भारतले वेष्ट इन्डिजविरुद्ध पहिलो पटक क्लिन स्विप गरेको हो । 

भारत र वेष्ट इन्डिजबीच पहिलो पटक एक दिवसीय श्रृंखला सन् १९८३ मा भएको थियो । त्यो बेलादेखि भारतले अहिलेसम्म वेष्ट इन्डिजविरुद्ध क्लिन स्विप गर्न सकेको थिएन । तर रोहित शर्माको कप्तानीमा भारतले क्लिन स्विप गरेको हो  । जबकि वेष्ट इन्डिजले यसअघि भारतविरुद्ध तीन पटक क्लिन स्विप गरिसकेको छ । 

तेस्रो खेलको नतिजा
अहमदाबादमा शुक्रबार भएको तेस्रो खेल भारतले ९६ रनले जितेको हो । पहिले ब्याटिङ गरेको भारतले २६५ रन बनायो । श्रेयस अथ्यरले १११ बलमा ८० रन बनाए । ऋषभ पन्तले ५४ बलमा ५६ रन बनाए । दीपक चहरले ३८ बलमा ३८ तथा वासिङटन सुन्दरले ३३ रन बनाए । 

पूर्व कप्तान विराट कोहली शून्यमा आउट भए । उनले खराब रेकर्ड राखेका छन् । भारतमा शून्यमा आउट हुने रेकर्ड विराटको नाममा पनि रहेको हो । अहिलेसम्म सुरेश रैना र हरभजन सिंहसँगै कोहली ८ पटक शून्यमा आउट भएका छन् । 

वेष्ट इन्डिजका जासन होल्डरले ४ विकेट लिए । 

जवाफमा वेष्ट इन्डिजले ३७.१ ओभरमा अलआउट हुँदै १६९ रनमात्र बनाउन सक्यो । ओडिन स्मिथले सर्वाधिक ३६ तथा कप्तान निकोलस पुरनले ३४ रन बनाए । 

भारतका लागि मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान ३–३ तथा दीपक चहर र कुलदीप यादवले २–२ विकेट लिए । 

यथ्यर अन्तिम खेलका प्लेयर अफ द म्याच भएका छन् । भारतका प्रसिद्ध कृष्ण प्लेयर अफ द सिरिज भएका छन् । उनले तीन खेलमा ९ विकेट लिएका छन् । 

यसअघि भारतले पहिलो खेल ६ विकेटले तथा दोस्रो खेल ४४ रनले जितेको थियो । 

अब भारतले बुधबारदेखि तीन खेलको टी–२० श्रृंखला खेल्नेछ । पहिलो खेल बुधबार १६ फेब्रुअरीमा कोलकातामा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ