arrow

बेनी-जोमसोम-थासाङ खण्ड दैनिक चार घण्टा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
kagbeni-muktinath-sadak-news.jpeg
फाइल तस्वीर

म्याग्दी । कालीगण्डकी करिडोरको बेनी-जोमसोम-थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी-जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण फागुन १ गतेदेखि उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको बताए ।

जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरिएको हो । 

कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र सडक हो । 

थासाङ गाउँपालिका-४ मा रहेको काभ्रे र बादरजुङ भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउने योजना छ । बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारी साधन प्रयोग बन्द गरिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ