arrow

गठवन्धन बनाए पनि केही फरक पर्दैन : गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
prithivi-subbha.jpg
फाइल तस्वीर

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । 

प्रेस चौतारी नेपाल लमजुङले बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब आउने निर्वाचनमा एमालेका नेता कार्यकर्ता एकजुट भएर लाग्न सके अन्य पार्टीलाई सजिलै पराजित गर्न सकिने धारणा राखे । 

नीति र सिद्धान्त सही भएकै कारण एमालेलाई जनताको समर्थन रहेको उपमहासचिव गुरुङ्गले बताए । 

उपमहासचिव गुरुङले भने, “एमालेसँग एक्लै लड्ने क्षमता छ । अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैन ।” 

उनले सरकारले एमसिसी सदनमा अघि बढाओस् र गठबन्धनले धारणा बनाओस भन्दै एमालेले त्यसपछि बल्ल आफ्नो धारणा बनाउँने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ