arrow

दार्चुलामा खसेको भारतीय बेलुन मौसम विभागको !

logo
एजेन्सी,
प्रकाशित २०७८ फागुन १ आइतबार
balloon-weather-forecast-india.jpg
फाइल तस्बिर

दार्चुला। दार्चुलाको नौगाड गाउँमा बिहीबार राति आकाशबाट विद्युतीय उपकरण जोडिएको बेलुन खसेको छ। तीन वटा ब्याट्री जडान भएको विद्युतीय उपकरणजस्तो देखिने बेलुन बेलुका ८ बजेतिर खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए।

आकाशमा उडिरहेको बेलुनमा भारतीय मोबाइल नम्बर भएको ब्याट्रीसहितको बेलुन विद्युत्को पोलमा ठोक्किएको उनले बताए। सो विद्युतीय उपकरणमा मेमोरी कार्ड जस्ता प्लेटहरू र जडान गरिएका तीन वटा ब्याट्रीहरू थिए।

दिइएको मोबाइल नम्बरमा कल गर्दा उक्त बेलुन उत्तराखण्डको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागले वायुमण्डलीय तथ्याङ्क सङ्कलन गर्न सो यन्त्र जडित बेलुन उडाएको प्रतिक्रिया दिएको ठगुन्नाले बताए।

नौगाड गाउँ योजना शाखाका अधिकृत नरेन्द्र ठगुन्ना र विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णसिंह ठगुन्नासहितको टोली पनि घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर माधव विश्वकर्माले घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ