arrow

आफ्नै भनिएकाहरू पनि हृदयेश र कमलको पार्टीमा गएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
hridayesh-tripathi-kamal-thapa.jpg

काठमाडौँ। आफ्नै भनिएकाहरूले पनि हृदयेश त्रिपाठी र कमल थापालाई धोका दिएका छन्। हृदयेश त्रिपाठीले शुक्रवार निर्वाचन आयोगमा जनता प्रगतिशील पार्टी दर्ता कोलागि निवेदन दिएका छन्।

आयोगमा दिएको सूचिमा आफ्नै भनिएकाहरूको नाम हृदयेशको पार्टीमा देखिएन। त्रिपाठीले आयोगमा पार्टी कार्यसमितिको सूचि पठाएका छन्, जहाँ त्रिपाठीसँग निकै नजिक मानिएकाहरू कार्यसमितिमा छैनन्। स्रोतका अनुसार उनको पार्टीमा उनी निकट भनिएकाहरू रहन मानेनन्।

२०७४ को चुनावमा त्रिपाठीको टिमबाट चुनाव लडेका विज्रेशकुमार गुप्ता, अजय शाही, पशुपति दयाल मिश्र लगायतका नेताहरू त्रिपाठीका पार्टीमा गएनन्। 
पुरानो राष्ट्रिय जनता पार्टी र मधेसी जनअधिकार फोरममा सक्रिय भएका तर हाल राजनीतिमा हराएका व्यक्तिहरूलाई छानी छानी त्रिपाठीले आफ्नो पार्टीमा राखेका छन्। हेमशंकर सिंह, शिवजी यादव, शोभा त्रिपाठी, बाबा सरकार श्रेष्ठ लगायतका नेताहरूले त्रिपाठीलाई साथ दिएका छन्।

२०७४ को चुनावमा त्रिपाठी र उनको समूहले सूर्य चिन्ह लिएर चुनाव लडेको थियो। त्यसमध्ये २ जना प्रतिनिधि सभा र २ जनाले प्रदेश सभामा चुनाव जितेका थिए। ती मध्ये त्रिपाठीसँग अहिले एक जना पनि छैनन्। चुनाव हारेकाहरू भने त्रिपाठीको पार्टीमा गएका छन्। व्रिजेश गुप्ता प्रतिनिधि सभा र अजय शाहीले प्रदेश सभामा चुनाव जितेका छन्।

यता कमल थापाको अवस्था पनि यस्तै छ। थापाले राष्ट्रिय एकता पार्टी गठन गर्ने घोषणा गरेको छन्। गत मङ्सिरमा भएको चुनावमा थापाको प्यानलबाट चुनाव लडेका बुद्धिमान तामाङ, भुवन पाठक लगायतका नेताहरू थापाको पार्टीमा नजाने घोषणा गरेको छन्। एक दुई जना व्यक्ति उद्धव पौडेल, सुशील श्रेष्ठ लगायतका नेताहरूले मात्र थापालाई साथ दिएका छन्।

थापासँग निकै निकट मानिएका मोहन श्रेष्ठ पनि अहिले थापासँग टाढिएका छन्। अहिले थापाको तर्फबाट राजराम बडतौला एक्लैले काँध थापेका छन्। थापाले आफ्नो पार्टी हिन्दवादी बनाउने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ