- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ईपासपोर्ट (विद्युतीय राहदानी) सेवा सुरु गरेको छ ।
सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले ई-पासपोर्ट सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलका अनुसार डाटा सुरक्षित रहनुका साथै किर्तेको सम्भावना हुँदैन । अनावश्यक खर्च नहुने र छोटो समयमा पासपोर्ट पाइनेछ ।
प्रशासनले ई-पासपोर्ट एप्लिकेशन खुला गरेपछि आवश्यक पर्नेले भर्न सक्छन् । प्रविधिको उपयोग गर्न जान्नेले घरमै बसेर फाराम भर्न सक्छन् । यसबाट सेवाग्राहीले पासपोर्ट फाराम भर्दा हुने खर्च र अनावश्यक झन्झट कम हुन्छ । ई-पासपोर्टका लागि आफ्नो विवरण भर्ने र आफ्नो डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ ।
प्रजिअ पौडेलले भने, ‘फाराम भरेपछि प्रशासनमा सूचित गराएपछि प्रशासनले दिएको समयमा कार्यालयमा पुगेर फोटो र बायोमेट्रिकका (छाप, ल्याप्चे) विधि पुरा गर्नुपर्ने हुन्छ । यति गरेपछि पासपार्टका काम सकिन्छ ।’
जिल्ला प्रशासनबाटमा सुरुआत भएको सो सेवा अब इलाका प्रशासन कार्यालय वालिङबाट पनि सञ्चालन हुने भएको छ । स्याङ्जामा वैदेशिक रोजगार तथा अध्ययनका लागि विदेश जानेको सङ्ख्या उल्लेख्य छ । २०६८ को जनगणना अनुसार यहाँका झण्डै ४० हजार जनसङ्ख्या विदेशमा छन् ।