- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बिदाका दिनमा करिब एक सयको हाराहारीमा आन्तरिक पर्यटक दुम्सीचौर आउने गरेका छन् । टिकटक, सेल्फी र फोटो खिच्न मानिस आउने गरेको मूर्ति निर्माण समितिका संयोजक किशोर गुरुङले जानकारी दिए ।
ओझेलमा पर्दै गएको दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण गरेकाले सो स्थलको पहिचान हुनाका साथै मानिसको चहलपहल बढ्दै गएको उनले बताए ।
त्यसैगरी सोही वडाको परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरेर राखिएको छ । वडाबाट बजेट विनियोजन गरिए पनि सोही स्थान नजिक विवेक सापकोटाले पिजनहिल रिर्सोट एण्ड फन पार्क निर्माण गरी सञ्चालन गर्न थालेपछि थाल्नाका साथै निजी लगानीमै परेवाको मूर्ति निर्माण गरेका हुन् । करिब रु पाँच लाखको लागतमा परेवाको मूर्ति निर्माण गरिएको छ ।
परेवा डाँडामा राखिएको परेवाको मूर्तिसँग फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको बताइएको छ ।
वडाभित्र रहेका ऐतिहासिक स्थलको नाउँ नमेटिने गरी भोलिका सन्ततिलाई पनि स्मरण गराउनका ठाउँ अनुरूपको मूर्ति निर्माण गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।
आगामी दिनमा कुमालटारीमा कुमालेले माटोको घैँटो बनाएको मूर्ति र पाथ्राघाटमा माझीलेले ढुङ्गा चलाएको मूर्ति बनाउने योजना रहेको उनले बताए । ऐतिहासिक सम्पदाको संरक्षण र संवर्द्धन गर्नका लागि वडाले प्राथमिकतामा राखेर काम गर्दै आएकोसमेत उनले जानकारी दिए ।