arrow

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
HGI Logo.jpg

काठमाडौँ । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बिमा कम्पनी हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ। उनले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नु भएको छ।

विजयबहादुर शाहले भने, ‘हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु। वास्तवमा भन्नुपर्दा हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बिमा सेवाले बिमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ। यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै इतिहास बनाएको छ। आफ्नो स्पष्ट उद्देश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रूपमा अगाडि बढाउने मैले प्रण गरेको छु।’

यसअघि हिमालयन जनरल ईन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रूपमा सेवा गरेका थिए। उनको कार्यकालमा यस कम्पनीले निर्जीवन बिमाका ग्राहकहरूलाई पारदर्शी सेवा प्रदान गरी व्यावसायिक छविलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको थियो।

हिमालयन जनरल ईन्स्योरेन्समा आबद्ध हुनुभन्दा अघि विजय शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए। उनले उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकारात्मक छवि दिएका थिए।

हिमालयन जनरल ईन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले भने, ‘बिमा क्षेत्रमा उहाँको राम्रो अनुभव र बुझाई छ। उहाँको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरूप निर्जीवन बिमाका ग्राहकहरूलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाइमा पुर्‍याउन उहाँको उल्लेखनीय योगदान रहनेछ । उहाँबाट निर्जीवन बिमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बिमा क्षेत्रकै स्तरोन्नति हुनेमा सञ्चालक समिति विश्वस्त रहेको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ