arrow

सुकेटार विमानस्थल पुनः सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
suketar-ariport-kuhiro1.jpg
फाइल तस्वीर

ताप्लेजुङ । मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।   

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए ।

निगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको उनले बताए ।

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो ।

निगमले  सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रवार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ