arrow

अरब र कुर्द लडाकूबलद्वारा म्यानबीज सहर कब्जा

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
beuritcity.jpeg.jpeg
बेरुत। उत्तरी सिरियाको ऐतिहासिक सहर म्यानबीज अरब र कुर्द लडाकूहरुले शनिबार कब्जामा लिएका छन् । 
 
इस्लामिक स्टेटस् (आइएस)आतङ्ककारी समूहको बलियो प्रभाव रहेको सो सहर ‘द सिरियन डेमोक्र्याटिक फोसेस् (एसडीएफ)’ नामक अरब–कुर्द लडाकू समूहको संयुक्तबलले कब्जा गरेको एक मानव अधिकार समूहले जानकारी दिएको छ । 
 
शनिबार म्यानवीज सहर एसडीएफले कब्जामा लिएको मानव अधिकावादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सो सहर जिहादी समूहबाट फर्काउनको लागि गत मे ३१ एसडीएफले अमेरिकासँग आवद्ध चालकरहित विमान आक्रमणको पनि गराएको थियो । 
 
यो सहर टर्कीको सीमा रहेको सिरिया राकासहरबाट आइएस लडाकू समूहलाई सरसामाग्री आपूर्ती गर्नको लागि यातायातको प्रमुख मार्गको रुपमा रहेको थियो । 
 
सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । आन्दोलन गृहयुद्धमा परिणत भएपछि त्यहाँ विभिन्न आतङ्ककारी समूह अल कायदा, आइएसको प्रभाव बढ्दै गयो । 
 
जारी यस युद्धमा परी सिरियामा सन् २०११ देखि हालसम्म दुई लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । त्यसैगरी यस युद्धमा परी लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ आफ्नो देश छोडी विदेशमा शरणार्थी जीवन विताइरहेका छन् । सिरियाका कैयौ क्षेत्र आइएस लडाकू समूहले कब्जामा लिएका छन् ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ