arrow

शुक्लागण्डकी पत्रकार मञ्चमा राजन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
Rajan Upadhyay.jpg

तनहुँ । तनहुँको शुक्लागण्डकीमा रहेर पत्रकारितामा क्रियाशील पत्रकारहरूले ‘शुक्लागण्डकी पत्रकार मञ्च’ गठन गरेका छन् । 

विश्व रेडियो दिवसमा अवसरमा पत्रकारहरूको भेलाले शुक्लागण्डकी क्षेत्रका सञ्चार माध्यममा आबद्ध पत्रकारहरूलाई समेटेर मञ्च गठन गर्ने निर्णय गरेका हुन् ।

भेलाले राजन उपाध्यायको संयोजकत्वमा तदर्थ समिति चयन गरेको छ । उपाध्याय शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर हुन् । उनले पोखरामा रहेर पनि पत्रकारिता गरेका थिए । 

मञ्चको समितिका सह संयोजकमा ममता गुरुङ र सदस्यहरुमा राजकुमार आले, अस्मिता खनाल, विनोद ढुङ्गाना, अशोक विश्वकर्मा, सुनिता कार्की, हरि खरेल, करिश्मा विश्वकर्मा छन् ।

पत्रकारहरूको एकता र पत्रकारिता क्षेत्रका विकास गर्नका लागि मञ्च सक्रिय रहने संयोजक उपाध्यायले बताए । 

शुक्लागण्डकीका पाँच सञ्चारगृहमा कार्यरत पत्रकार र देशका प्रमुख सञ्चार माध्यममा आबद्ध भएका २२ जना पत्रकार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ