arrow

देशभर आठ जनाको मृत्यु, ७४७ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
corona-covid-dalta-plus.jpg

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय पुगेको छ । 
 
पछिल्लो २४ घण्टामा थप ७ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६ सय ९६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७३ हजार ५ सय ४१ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३७ हजार ६ सय ७७ रहेको छ । पछिल्लो समय थप दुई हजार ३ सय १९ संक्रमणमुक्त भएका छन् । 

योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४० हजार ९ सय २ पुगेको छ । यो दर ९६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय दुई लाख १६ हजार १ सय १८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ । हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २० हजार ७३९ रहेको छ । अहिले होम आइसोलेशनमा १९ हजार ९ सय ३० रहेका छन् । 

त्यसैगरी संस्थागत आइसोलेशनमा ८ सय ९, आइसीयुमा १ सय ७८ र भेन्टिलेटरमा ३४ जनाले उपचार गराइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ