arrow

भीम रावलले केपी ओलीलाई के लेखे फेब्रुअरी १४ मा पत्र ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
kp-oli-bhim-rawal-uml.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा सांसद डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । उनले एमसीसीका विषयमा पार्टीभित्र गम्भीर छलफल गरिनुपर्ने माग राख्दै पत्र लेखेका हुन् ।

उनले (फेब्रुअरी १४, फागुन २ गते सोमबार) पत्रमा एमसीसीका कैयौ प्रवधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, नेपालको संविधान र कानुन विपरित रहेको दाबी गरेका छन् । त्यसैले यस विषयमा गहन छलफल हुनुपर्ने बताएका छन् ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले उक्त माग गरेका हुन् । उनले बैठकमा आफूले महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने कुरा राखेको पनि उल्लेख गरेका छन् ।

जनताको गम्भीर चासो र सरोकारको विषयमा पार्टीले नजरअन्दाज गर्न नहुने नेता रावलको टिप्पणी छ ।

पत्रसहितः



लोकप्रिय समाचार
नयाँ