arrow

राष्ट्रसङ्घको मुख्यालयमा प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
oli-arzu-chinese-fm.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल(चीन द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेको र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित बलियो, समय(परीक्षण मित्रतालाई पुनः पुष्टि गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ