- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्येक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो।
फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै अब प्रत्येक सोमबार र मङ्गलवार अपराह्न ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो।
सरकारले २०७९ वैशाख ३० गते एक चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उद्देश्यले हप्तामा दुई दिन पत्रकार सम्मेलन गर्ने बताएको हो । पत्रकार सम्मेलन आयोगका प्रवक्ता तथा सहायक प्रवक्ताले गर्नेछन्।