arrow

स्थानीय तहको निर्वाचन रोक्न गठबन्धनकै दलबाट प्रयास : उपाध्यक्ष पौडेल

logo
मोहम्मद हबिब,
प्रकाशित २०७८ फागुन ३ मंगलबार
bishnu-paudel-bhairahawa-2078.jpg

भैरहवा। नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारको अनुभूति नै गर्न नपाएको टिप्पणी गरेका छन्। एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारको अनुभूति गरे पनि तर अहिलेको सरकार छ-छैन भनेर जनताले अनुभूति नै गर्न नपाएको बताए।

गठबन्धन सरकार सम्पूर्ण रूपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन, उनले भने।

सरकारले देशलाई आर्थिक सङ्कटमा पुर्‍याएको दाबी गर्दै उनले भने, 'देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेको छ। पुँजीगत खर्च हुन सकेको छैन।'

स्थानीय तहको निर्वाचन हुन नदिन गठबन्धनकै दलहरूले कोसिस गरिरहेको उनले बताए। यो निर्वाचन रोक्न र छेक्न भित्रबाट अनेक कोसिस अझै पनि भइरहेको बताउँदै नेता पौडेलले कुनै पनि बहानामा निर्वाचन रोक्ने नदिइने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ