arrow

एमसीसीविरुद्ध भोलि माइतीघरमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
gyanendra-sahi-supreme.JPG

काठमाडौं । भोलि संसदमा टेबुल हुन लागेको अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हाम्रो नेपाल हामी नेपालीले विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एमसीसीविरुद्ध विरोध कार्यक्रम बुधबार (भोलि) १२ बजे माइतीघर मण्डलामा हुने जानकारी गराएको छ । हाम्रो नेपाल हामी नेपालीले सबै स्वतन्त्र नागरिकहरुलाई विरोध कार्यक्रममा उपस्थित हुन आग्रह गरेको हो । 

कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसीलाई राष्ट्रघाती भन्दै भोलि संसदमा टेबुल गर्न लागेको बताए । उनले जननिर्वाचित सांसदहरुलाई उपस्थित भएर एमसीसी पारित गर्न नदिन पनि आग्रह गरे । ‘जनताबाट निर्वाचित सांसदहरुले जनताको कुरा सुन्नुपर्छ, आफ्नो निर्वाचन क्षेत्रको जनताको कुरा सुन्नुपर्ने तर विडम्बना हाम्रो देशमा त्यस्तो पद्धति छैन,’ उनले भने,‘एमसीसी जस्तो राष्ट्रघाती चिज भोलि सदनमा टेबल गर्ने कुराआएको छ र एमसीसीको विरोध गर्र्दै आएका सभामुख अग्नीप्रसाद सापकोटा पनि टेबल गर्न सहमत हुनुभएको छ ।’ 

अभियन्ता शाहीले नेकपा एकिकृत समाजवादी र माआवादी केन्द्रले आफ्ना संसद नपठाएर सदनमा आफू उपस्थित नदेखाएर एमसीसी पारित गर्न सहयोग गर्न लागेको आरोप लगाए । ‘भोलि सबै संसद उपस्थित भएर एमसीसीको विरोध गर्नुपर्छ,’ शाहीले भने । भोलि संसदमा नजाने सांसदहरुलाई नेपाली जनताले हिसाब किताब गर्ने पनि चेतावनी दिए । 

उनले अमेरिकाले पूर्व राजा वीरेन्द्र शाहको भ्रमणमा ४ दिन बिदा दिएको स्मरण गराए । ‘आज अमेरिकाका सहायकस्तरका मामुली कर्मचारीले दिएको निर्देशन नेपालमा सदनबाट पारित गराइदै छ,’ उनले भने ,‘भोलि सदनमा माओवादीको संसद उपस्थित नभएमा कांग्रेसको बहुमत हुन्छ र यसमा षड्यन्त्र हुँदैछ ।’ 

शाहीले भोलि १२ बजे माइतिघर मण्डलामा स्वतन्त्र नागरिक उपस्थित भई बानेश्वरमा विरोध कार्यक्रम गर्ने जानकारी दिए । उनले विरोध कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गरे । एमसीसी सम्झौता पछि नेपाल रुवाण्डा, सुडान जस्तो बन्ने उनको तर्क थियो ।
 
नेपालमा एमसीसी सम्झौता गर्ने पहिलो व्यक्तिहरु प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै भएको उनले जिकिर गरे । आफूहरुले नेपालको इतिहासमा पहिलोपटक ८६ लाखको हस्ताक्षर एमसीसी विरुद्धको हस्ताक्षर राष्ट्रिय आयोगमा बुझाएको उनले सुनाए । 

जनताको जनमतको कदर लोकतन्त्रमा हुनेपर्ने तर नेपालमा नभएको उनले आरोप लगाए । यो व्यवस्थालाई लोकतन्त्र भन्नेहरुलाई उनले बेकुभ को संज्ञा दिए । नेपालमा पछिल्लो समयमा बसेको पद्धतीले देशलाई थप धराशयी बनाउने उनको भनाई थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ