arrow

थप २ जनाको मृत्यु, ६८० संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
corona-2021.jpg

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय २ पुगेको छ ।  यस अवधिमा नयाँ ६८० संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनाको नमुना परीक्षण गरिएको थियो । १८३५ संक्रमित संक्रमणमुक्त हुँदा हाल सक्रिय संक्रमितको सङ्ख्या १९ हजार ४ सय  रहेको छ ।

पछिल्लो २४ घण्टामा ४३ हजार ८ सय ८१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

काठमाडौंमा १७०, भक्तपुरमा १५ र ललितपुरमा २४ गरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २०९ नयाँ संक्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ