arrow

यती ब्रुअरीले सार्वजनिक गर्‍यो यती ब्लण्ड - प्रिमियम क्राफ्ट बियर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
yeti-beer.jpg

काठमडौं। यती ब्रुअरी, नेपालको एक प्रतिष्ठित ब्रुइङ्ग कम्पनीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ। स्पिरिट अफ द माउन्टेन्स' स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर हो।

बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उद्देश्य रहेको छ। कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ।

यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२ प्रतिशत रहेको छ। यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल-अफ क्याप सहित ३३० मिलि र ६५० मिलिको बोतलमा उपलब्ध छन् जसको आकर्षक मूल्य क्रमशः रु १८० र रु ३५० रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ