arrow

प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी थपिन्छ : कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
prakash-sharan-mahat-nc-spokesperson.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बुधवारको बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएका छन्। मङ्गलवारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधवारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने बताएका हुन्।

'एमसीसी टेबल हुन्छ। एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला। यो कार्यसूचीमा थपिनुपर्छ', बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने।

संसद् सचिवालयले मङ्गलवार सार्वजनिक गरेको बुधवार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ।

बुधवारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो। सभामुख अग्निप्रसाद सापकोटाले बुधवारका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। उक्त बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने आकलन गरिएको छ।



नयाँ