arrow

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
krishna-chandra-nepali-pokharel-gandaki-pradesh.jpg

पोखरा । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशमा आज बुधबार सार्वजनिक बिदा दिइएको छ । फागुन ४ गते बुधबार गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । २०७४ साल फागुन ४ गते गण्डकी प्रदेश सरकार गठन भएको थियो । प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश दिवस मनाउँदै आएको छ ।

बुधबार गण्डकीमा सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, एवं शैक्षिक संस्थामा बिदा दिइएको मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीद्धारा जारी सूचनामा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ