- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। कोरोना भाइरसविरुद्ध नेपाल सरकारले खरिद गरि ल्याएको र अनुदानमार्फत पाएको खोपमध्ये करिब २४ लाख डोज खोप गायब भएको भन्दै मन्त्रालयको चर्को आलोचना भएको थियो ।
खोप गायब भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूमाथि नै प्रश्न उठेपछि मन्त्रालयले यस विषयमा छानबिन समिति नै गठन गरेको थियो ।
मन्त्रालयले प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिलाई कोभिड१९विरुद्धको खोपको अभिलेख सम्बन्धमा भएको यथार्थ छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो ।
सो समितिले छानबिन एवं अध्ययन गरी तयार पारेको प्रतिवेदनले नेपालमा कुल भित्रिएको खोप भन्दा ४ लाख ५५ हजार ३ सय ५५ मात्रा खोप बढी देखाएको छ । १० मात्रा खोपको भायल ११ जनालाई समेत लगाएको देखिएको समितिले जनाएको छ ।
यसरी भित्रिएको खोप भन्दा बढी लगाएको र भण्डारणमा रहेको खोप देखिएको समितिले जनाएको छ । समितिको अध्ययनले २०७८ को माघ २१ गतेसम्म ४ करोड ५७ लाख ८ हजार ६ सय ४० लाख मात्रा खोप भित्रिएको देखाएको छ ।
यस्तै १ करोड २३ लाख ३७ हजार ६ सय ६५ मात्रा खोप भण्डारणमा रहेको र ३ करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा लगाइसकेको मन्त्रालयको प्रतिवेदनले जनाएको छ ।
यस विषयमा समितिले खोप सम्बन्धी सबै विवरण प्राप्त हुन नसकेको, केही व्यक्तिले खोप लगाएबापत पैसा मागेको, लक्षित वर्ग बाहेकले समेत खोप लगाएको, बुस्टर मात्रा लगाउनेबारे आधिकारिक निर्णय नै नभई मानिसहरूले लगाएको र केहीले पहिलो मात्रा भनी बुस्टर लगाएको लगायतका कमी कमजोरीहरू देखाएको छ ।
यस्तो छ छानबिन समितिको प्रतिवदेन:
\