arrow

एमसीसी संसद्‌मा पेश नहुने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
deuba-prachanda-final-433.jpg

काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सो सहमति भएको हो । 

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले आजको बैठकमा टेबल नगर्न आग्रह गरेका थिए ।  भोलि सत्ता दलीय गठबन्धको बैठकमा एमसीपीको बिषयमा छलफल हुनेछ । 

कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराइसकेको छ । माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ ।

यता अमेरिकाले भने  एमसीसी १६ फागुनभित्र अनुमोदन गरिसक्न दबाब दिइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ