arrow

‘एमसीसी पास गर्दा मुलुकको कुनै अहित हुँदैन’

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन ४ बुधबार
nidhi-bimalendra-janakpur-2022.jpg

जनकपुर । नेपाली कांंग्रेसका पूर्व उपसभापति  एवम्  पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्दा मुलुकको कुनै अहित नहुने बताएका छन् । स्थानीय चुनाव लक्षित धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं. ३ को कार्यकर्ता भेलाको बुधबार जनकपुरधाममा सम्बोधन गर्दै नेता निधीले विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अहिलेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेमा रहेका बेलामा एमसीसी पास गर्नुपर्ने पक्षमा रहेकाले अहिले जसरी पनि एमसीसी पास गर्नुपर्ने बताए ।

एमसीसी देशको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय महत्वपूर्ण सहयोग भएकाले सबै दल मिलेर संसदबाट पारित गर्नुपर्नेमा उनको जोड छ । उनले न्याय क्षेत्रमा भएका विकृति एवं विसङ्गतिको अन्त्य गर्नका लागि नै प्रधान न्यायाधीशमाथि महाभियोग लगाउने काम भएकाले यसमा प्रमुख प्रतिपक्ष दलको साथ र सहयोग आवश्यक भएको बताए ।

 निधीले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवारलाई वडादेखि पालिकासम्म विजयी गराउन कार्यकर्तालाई अहिलेदेखि नै सक्रिय  बनाउनुपर्ने बताए ।

मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं संसदीय दलका नेता रामसरोज यादवले नेपाली कांग्रेसलाई अगामी चुनावमा मधेस प्रदेशमा एक सबैभन्दा ठूलो पार्टी हुने दाबी गरे।

कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धीरेन्द्रकुमार निधीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताहरुले कांग्रेसको अगामी कार्यदिशा, गठबन्धनको निरन्तरता सहितको विषयमा छलफल गरेको बताए ।



नयाँ