arrow

सेतीनदी खोंचमा खसेका युवकको सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
bhim bahadur tamang.jpg

पोखरा । पोखराको सेती नदी खोंचमा खसेका एक जनाको बुधबार सकुशल उद्धार गरिएको छ । पोखरा महानगपालिका वडा नं. १५ ढुङ्गेसाँघुस्थित सेती नदीको खोँचमा खसेका पोखरा १० अस्पतालचोक बस्ने सिन्धुपाल्चोकका ३७ वर्षका भीमबहादुर तामाङको सकुशल उद्धार गरिएको हो । 

खोंचमा खसेर अड्किएका तामाङको पाँच घण्टाको प्रयासमा सकुशल उद्धार गरिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालबाट खटिएका उद्धार टोलीसँग समन्वय र सहकार्य गरी प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तवको नेतृत्वमा प्रहरी जवानहरु गनकुमार खण्डलुक, दीपेन्द्र बोहोरा, कुमार थाल मगरले तामाङको सकुशल उद्धार गरेका हुन् ।

तामाङको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी खोंचमा कसरी खसे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ