arrow

बिहेका क्रममा कुवामा खसेर नौ बालिकासहित १३ महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
sfsfsfsfsfsfffffffffff.JPG

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित कुशीनगरमा गएराति विवाहका क्रममा ठूलो दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बालिकाहरु पनि हुन् । उनीहरुको उमेर ५ देखि १५ वर्ष रहेको बताइएको छ । 

गाउँमा विवाहको ‘हल्दी कार्यक्रम’ का क्रममा महिलाहरु कुवाको जालीमा बसेर पूजा गरिरहेका थिए । सो क्रममा जाली टुटेपछि सबै कुवामा खसेका थिए । गुहार मागेपछि वरिपरिका मानिसहरुले उनीहरुलाई बाहिर निकालेका थिए । 

तत्काल अस्पताल लगे पनि १३ जनाको ज्यान गएको हो । उनीहरुको मृत्यु डुबेर भएको शंका गरिएको छ । केही महिलाहरु कुवामै फसेको हुन सक्ने प्रहरीले बताएको छ । 

कुशीनगरको नेबुआ नौरंगिया थाना क्षेत्रमा भएको उक्त घटना आजको विवाह समारोहका लागि हल्दी कार्यक्रमका क्रममा भएको हो । स्थानीय समयअनुसार राति १० बजे ५०–६० महिला र बालबालिकाहरु गाउँको बीचमा बनेको पुरानो कुवामा पुगेका थिए । कुवालाई फलामको जालीले ढाकिएको थियो । 

कयौं उनीहरु जालीमा चढे । जसका कारण जाली च्यातिएर करिब ३५ जना कुवामा खसे । त्यहाँ महिलाहरु चिच्याउन थालेपछि वरिपरिका मानिसहरु दौडेर पुगे । उद्दार कार्य शुरु भयो । जसमा १३ जनाको मृत्यु हुँदा २० बढी घाइते भएका छन् । 

मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले जिल्ला प्रशासनका अधिकारीहरुलाई तत्काल घटनास्थलमा पुगेर बचाउ तथा राहत कार्य संचालन गर्न निर्देशन दिएका छन् । प्रशासनले मृतकका परिवारलाई चार लाख भारु राहत वितरण गर्ने घोषणा गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ