arrow

एकैदिन तोलामा हजारले बढ्यो सुन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
gold-final-2022.jpg

काठमाडौँ । सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ