arrow

सत्ता गठबन्धनको बैठक ५ बजे, एमसीसीमाथि  छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
gathabandhan baithak.jpg

काठमाडौं ।  अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लगायत विषयमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजे बस्दै छ ।

बिहीबार दिउँसो ३बजे बस्ने भनिएको बैठक साँझ ५ बजेलाई सारिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज अपराह्न ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी हुनेछन् ।  

बैठकमा यही फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नका लागि साझा धारणा बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । 

संसद्को बुधवारको बैठकमा सो प्रस्ताव टेबल गर्ने सरकारको तयारी भए पनि सत्तारुढ दलबीच सहमति नभएपछि टेबल गरिएको थिएन । 

कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराइसकेको छ । माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ ।

यता अमेरिकाले भने  एमसीसी १६ फागुनभित्र अनुमोदन गरिसक्न दबाब दिइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ