arrow

सेना हटाएको रुसी दाबीले पश्चिमा भ्रममा पर्नु हुँदैन : युकेकी विदेशमन्त्री ट्रस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
liz-truss.jpg

काठमाडौं। युनाइटेड किंगडम(युके)की विदेशमन्त्री लिज ट्रसले रुसले सेना हटाइरहेकाे भन्दै गरेकाे दाबीले पश्चिमा मुलुकहरू भ्रममा पर्न नहुने बताएकी छन् ।

बिहीबार बिहान डेली टेलिग्राफमा बोल्दै बेलायतकी विदेशमन्त्री ट्रसले यो संकट नेटोका लागि 'लिटमस टेस्ट' सरह भएको टिप्पणी गरेकी हुन् ।

'केही सेनाहरू आफ्नो ब्यारेकमा फर्किरहेका छन् भन्ने रुस दाबीलाई लिएर हामीहरु सुरक्षाको झूटो भ्रममा फस्नु हुँदैन,' उनले भनेकी छन् ।

'रूसीहरूले युक्रेन नजिकको सीमा क्षेत्रहरूबाट सेना फिर्ता लगिरहेको अहिले कुनै प्रमाण फेला परेको छैन्', उनले अघि भनेकी छन् ।

आजै पोल्याण्ड र युक्रेनको भ्रमणमा गइरहेकी ट्रसले रुसी दाबीलाई सोझैं विश्वास गर्न नसकिने बताएकी छन् ।

'युक्रेनलाई बिगार्ने र पश्चिमी एकतालाई चुनौती दिने निर्लज्ज षडयन्त्रलाई रुसले हप्तौं र महिनौं लामो समयसम्म धकेल्न सक्ने,' ट्रसकाे भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ