arrow

कोरोना महामारीः गण्डकीमा थप दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
Army-covid-death-corona.jpg
फाइल तस्वीर

पोखरा । कोरोना संक्रमणबाट तनहुँकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं. १२ की ७० वर्षकी महिला रहेकी छन् ।

फागुन ११ गते कोरोना संक्रमित उनको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसहित कोरोना संक्रमणबाट तनहुँमा मृत्यु हुनेको संख्या १५५ जना पुगेको छ । 

यसैगरी पोखरा-१७ का ८८ वर्षीय पुरुषको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 

योसहित कोरोना भाइरस संक्रमणबाट कास्कीमा मृत्यु हुनेको संख्या ६३८ र गण्डकीमा १४ सय ६३ जना पुगेको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित भेटिएका छन् ।



नयाँ