arrow

नेपालमा कोरोना : संक्रमण घट्दो, संक्रमणमुक्त हुने बढे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
corona-variant.jpg

काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमण घट्दो अवस्थामा छ। संक्रमण घटेसँगै निको हुनेको संख्या बढ्दै गएको छ भने सक्रिय संक्रमित पनि घटेका छन् । 

पछिल्लो समय थप एक हजार ९९३ संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ४६ हजार ३३० पुगेको छ । संक्रमण मुक्त हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभर पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिजो ६३९ कोरोना भाइरस संक्रमित थपिएका थिए । हिजोको तुलनामा आज ६९ जनामा कोरोना संक्रमण कम हो । मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७८९ को परीक्षण गर्दा ५७० जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७४ हजार ८५७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार २५० रहेको छ । 

हाल सक्रिय संक्रमितको सङ्ख्या १६ हजार ६१६ रहेको छ । अहिले होम आइसोलेशनमा १५ हजार ९७४ रहेका छन् । त्यसै गरी संस्थागत आइसोलेशनमा ६६९ आइसीयुमा १५१ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ । 

त्यसै गरी पछिल्लो समय एक लाख ६४ हजार ४७५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ