arrow

माछापुच्छ्रे बैंकमा थापा, न्यौपाने र अर्यालको बढुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
machhapuchhre-bank-ceo-and-so-on.jpg

काठमाडौं । माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशक भन्दा बढीको बैंकिङ्ग अनुभव संगालिसकेका छन् ।

माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अब्वल मानिन्छन् । त्यस्तै उप महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सगालेका छन् ।

अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेशन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ । बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ्ग क्षेत्रमा अब्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमासमेत स्थापित बैंक मानिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैंकले हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १५ सय भन्दा बढी कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ । 



नयाँ