arrow

लक्ष्मी बैङ्कको ११औँ एक्सटेन्सन काउन्टर विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
laxmi-bank-rukum-jhulneta.jpg

काठमाडौँ। लक्ष्मी बैङ्कले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो एघारौँ एक्सटेन्सन काउन्टर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका स्थित झुलनेटामा स्थापना गरेको छ। यस नयाँ एक्सटेन्सन काउन्टरको स्थापनाको साथै लक्ष्मी बैङ्कको सञ्जाल ५० जिल्लामा १४१ शाखा, ११ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैङ्किङ एजेन्टहरू पुगेको छ।

यसको साथ लक्ष्मी बैङ्कले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैङ्कले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको छ।

यो एक्सटेन्सन काउन्टरको विस्तार सँगै बैङ्कले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैङ्किङ वा मोबाइल बैङ्किङ सेवा प्रदान गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ