arrow

पोखरामा हराएको एक लाख रुपैयाँ यसरी भेट्टियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
Pokhara police.jpg

पोखरा । पोखरामा हराएको एक लाख रुपैयाँ फेला परेको छ । प्रहरीको सक्रियतामा उक्त रकम फेला पार्न सहज भएको हो । प्रहरीले सो रकम बिहीबार सम्बन्धित धनीलाई प्रदान गरेको छ ।

प्रहरीका अनुसार फागुन ३ गते बिहान ५ः४० बजे पोखरा महानगरपालिका वडा नं. १० रंगशाला गेट अगाडि रहेको शारदा पेट्रोल पम्पस्थित ग१ख ७२३२ नं. को टिप्परमा तेल हाल्ने क्रममा एक लाख नगद खसेको थियो ।

नगद हराएको भनी वडा प्रहरी कार्यालय रामबजरमा खोजतलास गरिदिन कृष्णबहादुर क्षेत्रीले निवेदन दिएपछि प्रहरी खोजतलास गरेको थियो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिइको प्रहरी टोलीले सोहि स्थानको सीसीटीभी फुटेज हेर्दा ग३च २१६३ नं. को महेन्द्र भ्यानले टिपेर लगेको देखिएको थियो ।

उक्त भ्यानको व्यक्तिलाई प्रहरी कार्यालयमा उपस्थित गराई सोधपुछ पश्चात नगद फेला परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ