arrow

एमसीसीले भन्यो- कम्प्याक्टले दिगो सडक सञ्जाल बनाउन मद्दत गर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
mcc.jpg

काठमाडौं । अमेरिकी आर्थिक अनुदान परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)ले नेपाललाई दिगो सडक सञ्जाल बनाउन मद्दत हुने एमसीसी मुख्यालयले जनाएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत एमसीसी मुख्यालयले 'एमसीसी नेपाल कम्प्याक्टले पूर्व पश्चिम राजमार्गमा चिल्लो, दीर्घकालीन र टिकाउ सडक सञ्जाल बनाउन मद्दत गर्ने' बताएको हो ।

'न्युन गुणस्तरीय पदार्थ प्रयोग गरी बनाइएका सडक चाँडै भत्किने र यसले उपभोक्तालाई खतरा सिर्जना गर्न सक्ने' एमसीसी मुख्यालयको भनाइ छ ।

बलियो सडकले यात्रु सुरक्षाको अवस्था मजबुत बनाउनुका साथै कम सवारी क्षति गर्ने र व्यक्ति र व्यावसायका लागि यातायात खर्चसमेत कम हुने एमसीसी मुख्यालयको भनाइ छ ।

एमसीसी परियोजना नेपालमा अनुमोदन भएर कार्यान्वयनमा आए नेपालमा सडकको अवस्था सहज भन्ने एमसीसीको विश्वास छ ।

नेपालमा एमसीसी संसदमा टेबुल गर्नसमेत मतभेदको अवस्था सिर्जना भएको छ । नेपाली कांग्रेसका सभापति एवं शेरबहादुर देउवाले एमसीसी संसदमा लैजान जोड गरे पनि सत्तारुढ अन्य चार दल भने मञ्जुर भएका छैनन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ