arrow

कराँचीमा हिन्दू चिकित्सकको हत्या

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
gun-1.jpg.jpeg
कराँची (पाकिस्तान)। पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ । 
 
सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा यसअघि पनि अतिवादी मुसलमान समूहद्वारा अल्पसङ्ख्यक हिन्दू तथा अन्य धर्मावलम्बीमाथि शृङ्खलाबद्ध रुपमा हत्या गरिएका बताइँदै आएको छ । 
 
डा प्रितम लखवानी, ५६, लाई आफ्नो क्लिनिकमा काम गरी गार्डेन इन्टस्थित निवासमा हिँडिरहेका बेला छातीमा गोली हानिएको थियो । 
 
गोली लागि घाइते भएका चिकित्सक लखवानीलाई तत्कालै अब्वासी सहिद अस्पताल पुर्‍याइएको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि अगाखान युनिभर्सिटी अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।पिटिआई 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ