arrow

धौलागिरी आयुर्वेद औषधालय प्रदेशकै उत्कृष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
dhaulagiri-ayurbed-hospital.jpg

बागलुङ । बागलुङको धौलागिरी आयुर्वेद औषधालयलाई गण्डकी प्रदेशको उत्कृष्ट कार्यालय घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेको हो । 

एक महिनाअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो । मुख्यमन्त्रीको कार्यालयले पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिएको औषधालयका प्रमुख डा सरोजकुमार रायले बताए । यसअघि पनि औषधालय प्रदेशकै उत्कृष्ट काम गर्ने कार्यालयका रुपमा पुरस्कृत भइसकेको उनले उल्लेख गरे ।      

प्रदेश सरकारले मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगतिलगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेर उत्कृष्ट कार्यालय छनोट गरेको हो । 

औषधालयले कोरोना महामारीका बेला उल्लेख्य काम गरेको थियो । औषधालयले जिल्लाका विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर योग शिविर सञ्चालन गर्दैआएको छ । कोरोना सङ्क्रमितको घरमै पुगेर औषधिसमेत वितरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ