arrow

भारत इतिहासकै ठूलो सजाय : एकै पटक ३८ जनालाई मृत्युदण्ड, ११ जनालाई जन्मकैद

अहमदाबाद बम विस्फोटका २९ जनालाई मृत्युदण्ड र ११ जनालाई जन्मकैद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
india-blast-jail.jpg

काठमाडौं । सन् २००८ मा भारतको अहमदाबादमा भएको सिरियल बम बिस्फोटका ४९ जना दोषीलाई भारतीय अदालतले सजाय तोकेको छ ।

सन् २००८ को जुलाई २६ मा अहमदाबादमा ७० मिनेटमा २१ बम बिस्फोट भएका थिए । सो घटनामा ५६ जनाले ज्यान गुमाएका थिए भने, २०० बढी घाइते भएका थिए ।

घटनापछि ८० आरोपीमाथि मुद्दा चलेको थियो । वर्षाैंको अनुसन्धानपछि सन् २०२२ को फेब्रुअी १८ अर्थात् आज विशेष अदालतले घटनामा सामेल ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई जन्मकैद गरी ४९ जनालाई सजाय सुनाएको हो ।

दैनिक भास्करका अनुसार भारतको इतिहासमै एकै पटक ३८ जनालाई मृत्युदण्ड सुनाइएको यो पहिलो पटक हो । यसअघि राजीव गान्धी हत्याकाण्डमा एकै पटक २६ जनालाई सजाय सुनाइएको थियो ।

अहिले अदालतले उक्त घटनामा ज्यान गुमाउनेको परिवारलाई १ लाख, घाइतेको परिवारलाई ५० हजार र सामान्य घाइते भएका व्यक्तिको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्न समेत आदेश दिएको छ ।

८ फेब्रुअरीमा सिटी सिभिल कोर्टले ७८ मध्ये ४९ आरोपीलाई दोषी ठहर गरेको थियो । अन्य २९ जना सबुतको अभाव र थप एक जना गरी ३० जनालाई रिहा गरिएको थियो ।

सन् २००८ को उक्त घटनापछि गुजरात प्रहरीले त्यहाँ २९ बम नफाटेकै अवस्थामा बरामद गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ