arrow

अलिबाबा र टेन्सेन्टका साइटलाई अमेरिकाले राख्यो 'कुख्यात बजार सूची'मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
alibaba-tencent.jpg

काठमाडौं । अमेरिकाले नक्कली सामानको व्यापारमा संलग्न रहेको भन्दै चिनियाँ प्रविधि कम्पनी अलिबाबा र टेन्सेन्टद्वारा सञ्चालित साइटहरूलाई  आफ्नो 'कुख्यात बजार सूची'मा राखेको छ ।

यो सुचीमा ४२ अनलाईन वेबसाइट र ३५ भौतिक स्टोरहरु राखिएका छन् । अमेरिकी ट्रेड एजेन्सीका अनुसार यी कम्पनीहरु ट्रेडमार्क वा प्रतिलिपि गोपनियता नक्कल गर्ने कार्यमा संलग्न रहेका छन् ।

अमेरिका र चीनबीच व्यापार र प्रविधिलाई लिएर लामो समयदेखि विवाद छ ।

'नक्कली र पाइरेटेड सामानहरूको विश्वव्यापी व्यापारले अमेरिकी इन्नोभेसन र रचनात्मकतालाई कमजोर पार्छ र अमेरिकी कामदारहरूलाई हानि पुर्‍याउँछ', अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले एक विज्ञप्तिमा भनेका छन्।

अमेरिकाले पहिलो पटक अलि एक्सप्रेस र वि च्याटलाई यो सुचीमा राखेको हो । अलि एक्सप्रेस अलिबाबाद्वारा सञ्चालित हो भने, वि च्याट टेन्सेन्टको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ