arrow

४३७ संक्रमित थपिए, २ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
corona-2021.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा थप २ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार ४ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्ला केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । यसबीच हाल सक्रिय संक्रमितको संख्या समेत घटेर १४ हजार ४ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनाको नमुना परीक्षण गरिएको थियो । काठमाडौंमा ६८, भक्तपुरमा २ र ललितपुरमा १९ गरेर काठमाडौं उपत्यकामा मात्रै ८९ जना नयाँ संक्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ