arrow

कोरोना संक्रमणबाट तनहुँकी एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ रिसिङ गाउँपालिका वडा नं. ६ की ८२ वर्षकी महिला रहेकी छन् ।

फागुन १ गते कोरोना संक्रमित भएकी उनको उपचारका क्रममा बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसहित कोरोना संक्रमणबाट तनहुँमा मृत्यु हुनेको सङ्ख्या १५६ र गण्डकीमा १४ सय ६४ जना पुगेको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ३८ जना कोरोना संक्रमित थपिएका छन् भने १४६ जना निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ