arrow

अमेरिकी राजदूत बेरीले भने- ‘एमसीसीलाई लिएर हिंसात्मक गतिविधि स्वीकार्य छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
rand-berry-randy-us-ambassdor.PNG

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर हिंसात्मक गतिविधि स्वीकार्य नभएको बताएका छन् । एमसीसीको बिषयलाई लिएर नेपालमा चर्को विवाद भइरहेका बेला बेरीले हिंसात्मक गतिविधि स्वीकार्य नभएको बताएका हुन् । 

बेरीले भनेका छन्, ‘हामी एमसीसी लगायतका विषयमा तथ्यमा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक भाषणको बलियो समर्थक हौं, आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहीत हो र मानिसहरूले शान्तिपूर्वक आफ्ना विचारहरू साझा गर्न अनुमति दिनुपर्छ ।’

तर हिंसा र हिंसा उक्साउनु कदापि स्वीकार्य नभएको उनले भनेका छन् । आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट ट्विट गर्दै उनले अघि लेखेका छन्, ‘हिंसा र हिंसालाई उक्साउनु कदापि स्वीकार्य छैन ।’

नेपालमा एमसीसी संसदमा पेश गर्ने तयारी भइरहेका बेला कतिपयले एमसीसीविरुद्ध चर्को विरोध प्रदर्शन गरिरहेका छन् । यसबीच अमेरिकी राजदूत बेरीले यस्तो भनाइ राखेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ