प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट पाँच सय १३ बन्दीलाई आममाफी
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
1.9k
Shares
काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीको कैद र सजाय माफी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।