arrow

फागुन ७ आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी : गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
province-chief-gurung-758x379.jpg

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गद्धारा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशवासी, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

उनले प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग भएका व्यक्तित्वहरूप्रति सम्मान प्रकट गरेका छन् ।

प्रदेश प्रमुख गुरुङ्गले उल्लेख गरेका छन्, ‘१०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । समृद्धिको सपना, समावेशिताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ को परिवर्तन र २०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै हो ।’ उनले प्रजातन्त्र कै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गरे ।

प्रदेश प्रमुख  गुरुङ्गले संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको स्पष्ट पारे । 

उनले भने, ‘संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै हामीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी सुशासन कायम गर्न र हामीले अपेक्षा गरेको समृद्धिको सपना साकार गर्न एकाकार भएर अघि बढ्नु आजको आवश्यकता हो ।’

उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा सबै नेपालीमा दिन सकोसु भन्ने शुभकामना प्रकट गरे ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ