arrow

पीसीआर परीक्षणको साढे पाँच प्रतिशत बढीमा संक्रमण, तीन सय ५० थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमित थपिएका छन् । देशभर ७ हजार ९६ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआरबाट १९८ तथा एन्टिजेनबाट १५२ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ५.६ प्रतिशत संक्रमित पाइएका हुन् । 

पीसीआर परीक्षणबाट थपिएकामा काठमाडौंका ५१, कास्कीका २२, कैलालीका ९, लमजुङका ८, ललितपुर, झापा र दाङका समान ७ तथा भक्तपुरका ४ जना हुन् ।

यस्तै थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । सोही अवधिमा एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १३ हजार ३ सय ५७ रहेको छ । 



नयाँ