arrow

अमेरिकाले भन्यो-एमसीसी पास गर्ने नगर्ने नेपालको निर्णय हो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
mcc.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने नगर्ने नेपालको आफ्नो निर्णय भएको बताएको छ । शनिबार काठमाडौं स्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका एमसीसी पास गर्ने नगर्ने नेपालको आफ्नो निर्णय भएको बताएको हो ।

नेपाल र अमेरिकाबीचको सम्बन्धलाई ७५ वर्ष पुगेको उल्लेख गर्दै यो अवधिमासम्म नेपालमा धेरै परिवर्तनहरु भएको विज्ञप्ति उल्लेख छ ।

यी परिवर्तनहरूमा विकास सहायता, विपद् प्रतिकार्य, पूर्वतयारी सहायता, स्वास्थ्य, शिक्षा कार्यक्रमहरू, र अन्य सहयोग गर्दै अमेरिका नेपालको साथमा उभिएको विज्ञप्तिमा लेखिएको छ ।

५० करोड अमेरिकी डलर बराबरको एमसीसी अमेरिकी जनताको तर्फबाट नेपाललाई उपहार भएको बताउँदै यसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउने विज्ञप्तिमा लेखिएको छ ।

यो परियोजनाका लागि नेपाल सरकार र नेपाली जनताले अनुरोध गरेको र पारदर्शी रूपमा गरिबी घटाउन र नेपालको अर्थतन्त्र उकास्ने हेतुले डिजाइन गरिएको अमेरिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ