arrow

प्रतिनिधि सभामा एमसीसी प्रस्ताव पेस 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
mcc-pesh.JPG

काठमाडौं ।  प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौताको प्रस्ताव पेस भएको छ  । 

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पेस गरेका हुन् । 

कार्कीले एमसीसी प्रस्ताव पेस गरिरहँदा अन्य राजनीतिक दलहरुले भने नाराबाजी गरेका थिए ।  योसँगै  प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक फागुन १२ गते बिहीबार दिनको १ बजे बस्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ