arrow

काँग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, आजै मत परिणाम आउने

logo
विशाल बस्नेत,
प्रकाशित २०७८ फागुन ९ सोमबार
nepali-congress-flag-tree.jpg
फाइल तस्बिर

महोत्तरी। नेपाली काँग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार सम्पन्न भएको छ। लामो समयदेखि निर्वाचन स्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र-३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो।

कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरूबीचमै देखिएको मतविभाजनले अन्य क्षेत्रमा अधिवेशन हुँदा पनि क्षेत्र नम्बर ३ को भने विवादित बन्दै आएको थियो।

जिल्लाको मनरासिस्वा वडा न.८ र बल्वा नगरपालिकामा पनि अधिवेशन सम्पन्न भएको छ। योसँगै जिल्ला अधिवेशनका लागि आकाङ्क्षीहरूको सहभागी हुन पाउने बाटो खुल्ला भएको छ। अहिले पिपरामा मतगणना भइरहेको छ। दिउँसो १ बजेसम्म सम्पूर्ण नतिजा आइसक्ने जिल्लाका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए।

सभापतिमा रागवेन्द्र झा र लवराजा सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ। उक्त पदमा दुई जनाको मात्र उम्मेदवारी परेको थियो। विभिन्न वडा र पालिकाबा मतदान गर्न पाउने अधिकार प्राप्त गरेका जम्मा पाँच सय ३४ जनाले मतदान गरेको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ